सहसचिव भट्टराई गृहमन्त्रीको मर्निङ वाक गर्ने पार्टनर हुन् : स्वर्णिम वाग्ले

२०८२ असार १०, मंगलवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद स्वर्णिम वाग्लेले अध्यागमन कार्यालयका कर्मचारी तीर्थराज भट्टराईको गृहमन्त्री रमेश लेखकका मर्निङ वाक गर्ने पार्टनर रहेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले छानबिनको घेरामा रहेका सहसचिव भट्टराईमाथि मर्निङ वाक गर्ने पार्टनरले छानबिन गर्न नसक्ने बताएका हुन्। ‘तीर्थराज भट्टराई त उहाँ (गृहमन्त्री रमेश लेखक) को मर्निङ वाक गर्ने पार्टनर हो, अर्केड कोलनीमा कसरी छानबिन गर्नुहुन्छ?,’ उनले प्रश्न गरे।

गृहमन्त्री लेखक हाल भैँसेपाटीस्थित मन्त्रीक्वाटरमा बस्दै आएका छन्। त्यसअघि उनी अर्केड कोलनीमा बस्थे। भट्टराईमाथि हाल अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा छानबिन गरिरहेको छ। रास्वपाले यसमा गृहमन्त्री लेखकसम्मको संलग्नता हुनसक्ने भन्दै राजीनामा माग गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार