बारा : संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ। लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित उनको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा आज बिहान मृत्यु भएको उनको छोरा डा. जितेन्द्र यादवले राससलाई जानकारी दिए।
बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँका यादव २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं. १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए। उनको दुई छोरा, दुई छोरी र श्रीमती छन्।





