नेकपा एसको सचिवालय बैठक बस्दै

२०८२ असार १९, बिहीबार

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषय, पतञ्जलि जग्गा प्रकरणबारे छलफल हुने जनाइएको छ । पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने जानकारी दिए ।

उनले अध्यक्ष माधवकुमार नेपाललाई लक्ष्य गरेर पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल हुने बताए । बुटवलमा पार्टी सम्बद्ध युवा संगठनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार