हर्क साम्पाङले सञ्चालन गरेको श्रम शिविरमा किशोरीमाथि यौन दुर्व्यवहार

२०८२ असार २०, शुक्रबार

विराटनगर : सुनसरीकाे धरान उपमहानगरपालिकाले सञ्चालन गरेको श्रम शिविरमा एक किशोरीमाथि यौन दुर्व्यवहार भएको घटना बाहिर आएको छ। धरान उपमहानगरपालिका–१६ मा सञ्चालन भएको श्रमदानका क्रममा एक किशोरीमाथि यौन दुर्व्यवहार भएको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी गरेका छन्।

किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा ४९ वर्षीय खगेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ। पीडित परिवारको किटानी जाहेरीपछि राईलाई बुधवार साँझ धरान–१७ पृथ्वी चोकबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुले जानकारी दिए। उनलाई आजै सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।

गत वैशाख १७ गते धरान १६ स्थित बहुभाषिक पाठशालामा धरानका मेयर हर्क सामपाङ राईको नेतृत्वमा श्रमदान भइरहेको बेला राईले श्रमदानमा सहभागी किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप छ। घटनाका बेला खाना पकाउने जिम्मेवारीमा रहेका राईलाई पीडितकी आमाले प्रतिकार गर्दै कुटपिटसमेत गरेकी थिइन्।

पीडित पक्षका अनुसार घटना बाहिर नआओस् भनेर कुन्दन श्रेष्ठ र समीर तामाङले दबाब दिएका थिए। श्रेष्ठले ‘श्रमदाता मानसिक रोगी हुन्, घटना बाहिरियो भने बच्चीको भविष्य बिग्रन्छ’ भन्दै प्रहरीलाई जानकारी दिनबाट रोक्न खोजेको पीडित परिवारको आरोप छ। घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार