वीरगञ्जमा पौडी सिक्न गएका ९ वर्षीय बालकको डुबेर मृत्यु, प्रशिक्षक पक्राउ

२०८२ असार २६, बिहीबार

पर्सा : पौडी खेल्ने कला सिक्न गएका पर्साका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। वीरगञ्जस्थित एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर-११ रानीघाटका नौ वर्षे बालक बजरङ्गी रौनियारको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई उपचारकाे लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो।

‘प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको छ,’ एसपी मिश्रले भने, ‘अस्पतालले बुधबार बेलुका बालकको मृत्यु भएको जानकारी दिएको हो। हामी थप अनुसन्धानमा छाैँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार