चन्द्रागिरिमा करेन्ट लागेर एक जनाको मृत्यु

२०८२ असार २७, शुक्रबार

काठमाडौं : काठमाडौंको चन्द्रागिरिमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। शुक्रबार बिहान चन्द्रागिरि नगरपालिका-५ बस्ने ३६ वर्षीय नविन महर्जनको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी सोही ठाउँको बिजुलीको पोलमा बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घाइते भएका उनलाई सतुङ्गलस्थित एपिएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार