पार्टी फुट्दैन, तर हैकमवाद स्विकार गर्दैनौं: धवल शमशेर

२०८२ असार २९, आईतवार

काठमाडौं : राप्रपाका महामन्त्री धवल शमशेर राणाले पार्टीको हैकमवाद नस्विकार्ने बताएका छ्न । उनले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अति गरेपछि बाध्य भएर निर्वाचन आयोगमा आउनुपरेको समेत प्रष्टीकरण दिएका छन् । उनले पार्टी भने फुटाउन नदिनेसमेत स्पष्ट पारेका छन् ।

नवराज सुवेदीलगायतलाई अध्यक्ष लिङ्देनले हटाएपछि सुवेदी आज न्यायको लागि निर्वाचन आयोग पुगेका थिए । सुवेदीसँगै निर्वाचन आयोगमा उजुरी दिन पुगेका महामन्त्री राणाले अध्यक्ष लिङ्देनको हैकमवाद स्विकार नगर्ने चेतावनी दिएका हुन् । आफूले अहिलेको समस्याको हल सहमतिबाट खोज्न खोजेको भएपनि परिस्थिति त्यस्तो बन्न नसकेको उनको भनाई छ ।

उनले भने,‘हामी निर्वाचन आयोगमा समेत आउनुपर्ने परिस्थिति बन्यो । लामो समयदेखि पार्टीमा योगदान गरेका मान्छेहरूलाई पार्टीबाट निकाल्ने, कसैले सानो विषयमा उहाँको बारेमा लेखिदियो भने त्यसलाई पदबाट हटाइदिने, हुँदाहुँदा अनुशासन आयोगको अध्यक्षलाई समेत हटाएर अर्को मान्छे राख्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार