सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुस रकमसहित पक्राउ

२०८२ असार ३२, बुधबार

जनकपुरधाम : सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्। सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइरहेको सूचना प्राप्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

अनुसन्धान आयोगका अनुसार साहलाई मंगलबार कल्याणपुर नगरपालिका कार्यालय परिसरबाटै सेवाग्राहीसँग नगद घुस रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि बर्दिबासस्थित आयोगको कार्यालयमा लगिँदै छ। साह नेकपा (एमाले) बाट निर्वाचित नगरप्रमुख हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार