झापामा ग्यास चुहिएर आगलागी हुदा एकै परिवारका ४ जना घाइते

२०८२ श्रावण ६, मंगलवार

विराटनगर : झापाको हल्दीबारी गाउँपालिका-४, ओली चौकमा मंगलबार बिहान ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका चार जना घाइते भएका छन्।

बिहान करिब ८:४० बजे ६० वर्षीय पुण्य प्रसाद ओलीको तीनतले पक्की घरको दोस्रो तलामा रहेको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यास लिक भएर अचानक आगो सल्किएको हो।

आगो निभाउने क्रममा घरका चार सदस्य घाइते भएकाे प्रहरीले जानकारी दिएको छ। आगोले पोलेर घरमूली पुण्यप्रसाद ओली, उनका ३३ वर्षीय छोरा सन्तोष ओली, ३२ वर्षीया बुहारी अनिता ओली र २० वर्षीय कान्छा छोरा आर्यन ओली घाइते भएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार