रञ्जीता श्रेष्ठलाई नाउपाको अध्यक्षबाट हटाइयो

२०८२ श्रावण १४, बुधबार

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षबाट रञ्जीता श्रेष्ठलाई हटाइएको छ ।

बुधबार काठमाडौंमा बसेको पार्टी संरक्षक समेत रहेका रेशम चौधरीको संयोजकत्वमा बसेको राष्ट्रिय भेलाले श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएको हो ।अध्यक्ष श्रेष्ठ कास्कीको लिचीबारी घुसकाण्डमा मुछिएकी थिइन् । त्यसबारे पार्टीले उनलाई जवाफ माग गरेको थियो । तर अध्यक्ष श्रेष्ठले जवाफ नदिइ वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर पन्छिएकी थिइन् ।

“अध्यक्षलाई स्पष्टीकरण सोधेका थियौँ । उहाँको जवाफ आएन । उहाँलाई गरिएको कारबाही भेलाले अनुमोदन गरेको छ,” पार्टी अनुशासन आयोगका अध्यक्ष रामलाल डगौराले भने । भेलाले २०१ जना केन्द्रीय सदस्य अध्यावधिकका लागि निर्वाचन आयोग पठाउने निर्णय गरेको उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार