पशुपति क्षेत्रमा दश महाविद्या रुद्रहवन महायज्ञ आरम्भ

२०८२ श्रावण १४, बुधबार

काठमाडौँ : पशुपति क्षेत्रस्थित वनकालीको हंसमण्डपमा आजदेखि दश महाविद्या रुद्रहवन महायज्ञ आरम्भ गरिएको छ ।

महायज्ञ आरम्भ गर्दै धार्मिक अभियानकर्मी कालीबाबाले नेपालको समुन्नति, आर्थिक एवं सामाजिक रुपान्तरण र नागरिकको सर्वोपरि हितका पक्षमा काम गर्नुपर्ने बताए । उनले नेपालमा शान्ति, समृद्धि, राष्ट्रिय एकता र अखण्डता बनिरहोस् भन्ने कामना पनि गरे । “श्रम र रोजगारीका लागि विदेश जाने युवायुवती नेपालमै बसेर आर्थिकोपार्जन गर्न सक्षम बनुन् । शान्तिप्रिय सरकार रहोस् । पटक–पटक सरकार परिवर्तन नहोस्,” उनले भने ।

भगवतीको उपासना, पूजापाठ गर्दा शान्ति, समृद्धि, ऐश्वर्यले भरिपूर्ण गराउने शक्तिशाली देवीमा दशमहाविद्या आउने जनाइएको छ । विधिविधान अनुसार पूजाअर्चना गरिएमा ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास छ । देशमा शान्ति, समृद्धि, भाइचारा, अखण्डता, एकता, भोकमारी, महामारी कष्टदेखि सम्पूर्ण रक्षा गरेर देशमा शान्ति समृद्धिको यात्रामा अघि बढाउन प्रेरित गर्ने उद्देश्यका साथ दशमहाविद्या रुद्रहवन महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कालिका साधना आश्रम, शिवशक्ति बाबा कालीदास धामको आयोजना र मानवसेवा फाउण्डेशनको सहकार्यमा सो महायज्ञ आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार