देश कमजोर होइन, ‘रविन्द्र’ जस्तो बलियो छ : ज्ञानेन्द्र शाही

२०८२ श्रावण १८, आईतवार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेताहरुले कमजोर बनाएको देशबाट बलियो बनेर निस्केकोमा नेपाली मिक्स्ड मार्शल आट्र्स (एमएमए) फाइटर रविन्द्र ढाँटलाई बधाई दिएका छन्।

नेपाली मिक्स्ड मार्शल आट्र्स (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा ऐतिहासिक जित हासिल गर्दै बान्टमवेट च्याम्पियनको उपाधि जितेपछि शाहीको यस्तो प्रतिक्रिया आएको हो।

‘जब नेताहरूले भन्छन्, ‘नेपाल सबैभन्दा कमजोर देश हो’त्यसैबेला एक नेपाली छोरा रविन्द्र ढाँट  विदेशी भूमिमा नेपालको झन्डा बोक्दै इतिहास रच्दैछ,’ उनले सामाजिक संजालमा लेखेका छन,’ ‘एमएफएन टाइटल फाइट’ मा तेस्रो राउन्डमै चोंगरेंग कोरेनलाई नकआउट  गर्दै बेल्ट जित्नु केवल खेल मात्र होइन, यो सम्पूर्ण नेपालीको सम्मानको जित हो।’

मुलुकलाई गर्व गर्ने अवसर दिएकोमा उनले  रविन्द्रलाई धन्यबाद दिए। ‘९औं व्यावसायिक जित! बान्टमवेट श्रेणीको बेल्ट!! यो रविन्द्रको मात्र होइन, हामी सबैको विजय हो,’ शाहीले लेखेका छन्, ‘बधाई छ  रविन्द्र! हामीलाई फेरि एकपल्ट गर्व गर्ने मौका दिलाउने छोरा!देश बेच्नेहरू हेरेर सिक! यो हो सच्चो देश प्रेम।’

शनिबार राति भारतको नोएडामा सम्पन्न प्रतिस्पर्धामा रविन्द्रले डिफेन्डिङ च्याम्पियन भारतका चोङरेङ कोरेनलाई नकआउट गर्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार