काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि उनकी पत्नी निकिता पौडेलले सामाजिक सञ्जालबाट श्रीमानले न्याय नपाएसम्म लडिरहने प्रतिक्रिया जनाएकी छन् ।
आफू संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्ने उनले अठोट व्यक्त गरेकी छन् । निकिताले लेखेकी छन्, ‘म थाकेकी छैन, हारेकी छैन । संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु । यो सरकार, उसले साँधेको प्रतिशोध र गरेको अन्यायविरुद्ध निरन्तर लड्छु । मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु ।’
रूपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेले जमानतमा हिाको माग गर्दै दिएको निवेदन अस्वीकार गर्दै थुनामै राख्ने फैसला सुनाएको छ ।





