काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख ९६ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय ५ रूपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर २ हजार ३ सय २५ रूपैयाँ कायम भएको छ ।





