काठमाडौं आउँदै गरेको बस रसुवामा दुर्घटना, १२ जना घाइते

२०८२ श्रावण २९, बिहीबार

काठमाडौं : रसुवाको गत्लाङबाट काठमाडौं आउँदै गरेको बस उत्तरगया गाउँपालिका वडा-५ लहरेपौवामा दुर्घटना भएको छ।

रसुवाको पासाङल्हामू मार्ग अन्तर्गत लहरेपौवामा बा ४ ख ८४३५ नम्बरको बस दिउँसो २ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाका इन्स्पेक्टर राजु शाहले जानकारी दिए । उनका अनुसार दुर्घटना बस सडकबाट ३० मिटर तल बसेको छ भने १२ जना यात्रु घाइते भएका छन्।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको उनले बताए । घाइते भएका सबैलाई जिल्ला अस्पताल त्रिशुली पठाइएको इन्स्पेक्टर शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार