काठमाडौं : तनहुँको डुम्रेमा बस र माइक्रोबस एक आपसमा ठोक्किएका छन् ।
पृथ्वी राजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका–४ डुम्रे नजिकै बस र माइक्रोबस ठोक्किएका हुन् । दुर्घटनामा परेर ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइतेहरूको मोति क्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ९ जनाको डुम्रेको लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । बागमती प्रदेश ०१–००६ ख ६५०३ नम्बरको माइक्रोबस काठमाडौंबाट दमौलीतर्फ आउँदै थियो भने विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ७३२९ नम्बरको बससँग ठोक्किएर उक्त दुर्घटना भएको हो ।





