जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर बिरामी

२०८२ भाद्र १, आईतवार

काठमाडौं : रोल्पामा जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर बिरामी परेका छन् ।

मृत्यु हुनेमा रोल्पाको परिवर्तन गाउँपालिका–२ राङसीकी ७४ वर्षीया नर्मला वली रहेकी छन् । २७ साउनमा जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा वली र उनका श्रीमान ८१ वर्षीय भागीराम वली बिरामी भएका थिए । स्थानीय मेडिकलमा उपचारपछि दुवै जनालाई २९ साउनमा थप उपचारका लागि दाङको राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराही ल्याइएको थियो ।

उपचारको क्रममा वलीको मृत्यु भएको अस्पताललाई उदृत गर्दै रोल्पा प्रहरीले जनाएको छ । भागीराम वलीको अवस्था गम्भीर रहेको र उनको सोही अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार