काठमाडौँ : जन्मदर्ता नभएका विद्यार्थीलाई पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा फाराम भर्न पाउने व्यवस्था गर्न सांसद मदकुमारी साहले सरकारको ध्यानार्कषण गराएका छन।
राष्ट्रियसभा सदस्य साहले बुुवाआमाको पहिचान नभएका करिब २५ हजार विद्यार्थीको जन्मदर्ताको प्रमाणपत्र नभएका कारण एसइईको फाराम भर्न नपाएको सभाअध्यक्षमार्फत सरकारको ध्यानर्कषण गराएका छन।
सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद गरिमाले यस विषयमा सभालाई जानकारी गराउनसमेत माग गरे । “जन्मदर्ता नभएकै कारण शिक्षा आर्जन गर्न पाउने मौलिक अधिकार हनन् गर्नु राज्य अपराध हो”, उनले भने । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
+1
+1
+1
+1
+1


