काठमाडौँ : गृह मन्त्रालयले उपसचिव प्रमुख जिल्ला अधिकारी हुने १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरू सहित अन्य को सरुवा गरेको छ ।
बुधबार सचिवस्तरीय निर्णयबाट १२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो। उपसचिव प्रमुख जिल्ला अधिकारी हुने सोलुखुम्बु, रसुवा, मनाङ, बाजुरा लगायत १२ जिल्लाका सीडीओहरुको सरुवा गरिएको हो।






