बढ्यो अण्डाको मूल्य

२०८२ भाद्र ५, बिहीबार

काठमाडौँ : नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन बिक्री मूल्यमा वृद्धि गरेको छ।

आज देखि लागू हुने गरी चितवनलाई आधार मानेर नयाँ मूल्य सूची सार्वजनिक गरिएको हो । बुधबार सङ्घको बैठकको निर्णयअनुसार मूल्य समायोजन गरिएको हो। सङ्घद्वारा जारी नयाँ मूल्य सूची अनुसार अब ठुलो अण्डाको मूल्य प्रति क्रेट ५३० रुपैयाँ र मिडियम अण्डाको मूल्य प्रति क्रेट ५१५ निर्धारण गरिएको छ ।

सङ्घले चितवनबाट बाहिर पठाइने अण्डाका लागि लाग्ने ढुवानी तथा प्याकेजिङ खर्च पनि बढाएको छ। अब भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी  १४० अतिरिक्त शुल्क लाग्ने भएको छ। पुरानो मूल्य सूची अनुसार ठुलो अण्डा प्रति क्रेट  ५२५ मा बिक्री भइरहेको थियो भने मिडियम अण्डाको मूल्य ४९५ थियो।

मिडियम अण्डाको मूल्य ह्वात्तै बढेको छ। २० रुपैयाँ प्रतिक्रेट मिडियम अण्डा  बढ्दा ५ रुपैयाँ  ठुलो अण्डाको मूल्यमा प्रति क्रेट  वृद्धि भएको छ । यसअघि प्रति पेटी रु. १३० रहेको ढुवानी तथा प्याकेजिङ खर्चमा पनि १० रुपैयाँले वृद्धि गरी रु. १४० पुर्‍याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार