काठमाडौँ : रौतहट सदरमुकाममा आज बिहान सुटकेसभित्र फेला परेको युवतीको शवको सनाखत भएको छ। उक्त शव रौटहटको माधव नारायण नगरपालिका- २ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए।
गौर नगरपालिका- ९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै गएराति नै स्थानीयले शंकास्पद अवस्थामा ठूलो सुटकेस देखेका थिए। त्यतिबेलै स्थानीयले प्रहरीलाई खबर गरेका भए पनि प्रहरीले आज बिहान मात्रै सुटकेस खोलेर हेरेको हो।





