कांग्रेसले तत्काल मन्त्रीहरू फेरबदल नगर्ने

२०८२ भाद्र १०, मंगलवार

काठमाडौं : सत्ता साझेदार नेपाली कांग्रेसले सरकारमा गएका मन्त्रीहरू हेरफेर नगर्ने जनाएको छ । प्रधानमन्त्री केपी ओलीले सरकार एक वर्ष पुगेपछि मन्त्री हेरफेर गर्न चाहे पनि कांग्रेसले आफ्नो मन्त्रीहरू नफेर्ने भएको हो ।

सोमबार बसेको शीर्ष नेताहरूको बैठकमा मन्त्री हेरफेर गर्नेबारे कुनै छलफल नभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। ‘सोमबारको बैठकमा मन्त्री फेरबदलको कुनै छलफल भएन । जसपा र लोसपाको फेर्ने कुरा चलिरहेको छ । प्रधानमन्त्रीले कुरा गर्नु स्वभाविक हो । तर पार्टीभित्र मन्त्री फेरफेरको चर्चा छैन’, उनले भने ।

अहिले उपप्रधान तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर प्रकाशमान सिंहले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार