उपरथी थापा र सहायकरथी पहाडीलाई दर्ज्यानी चिह्न

२०८२ भाद्र १८, बुधबार

काठमाडौँ : प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा बढुवा हभएका भोलानाथ थापालाई पदोन्नति भएको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उपरथीको दर्ज्यानी प्राप्त गरेका थापालाई निरीक्षणाधिकृतमा नियुक्त गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सोही अवसरमा प्रधानसेनापति सिग्देलले सहायक रथीमा पदोन्नति भएका प्राविधिक महासेनानी विश्वबन्धु पहाडीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार