पेस भएन संवैधानिक परिषद्सम्बन्धी विधेयक, प्रतिनिधिसभा भदौ २५ गतेसम्म स्थगित

२०८२ भाद्र १९, बिहीबार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सन्देशसहित फिर्ता भएको संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक) माथि सदनमा पुनर्विचार गरियोस् भने प्रस्ताव बिहीबारको प्रतिनिधिसभामा पेस भएन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रस्तुत गर्ने गरी राखेको कार्यसूची अन्तिम समयमा सभामुख देवराज घिमिरेले अन्तिममा हटाएका हुन् ।

सङ्घीय संसद्का दुवै सदनले पास गरी सभामुख देवराज घिमिरेले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको विधेयक गत साउन ८ गते पुनर्विचारका लागि भनेर फिर्ता राष्ट्रपति कार्यालयले फिर्ता पठाएको थियो ।

विधेयक फिर्ता पठाउने बेलामा सरकारले अगाडि बढाएको संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् । संविधानको संविधानको धारा ११३ को उपधारा ३ मा प्रमाणीकरणका लागि पेस भएको विधेयकमा पुनर्विचार आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा उत्पत्ति भएकै सभामा पठाउन सक्ने व्यवस्था छ ।

त्यही व्यवस्था अनुसार राष्ट्रपति पौडेलले फिर्ता पठाएका हुन् । यसैबिच प्रतिनिधिसभा बैठक भदौ २५ गतेसम्म स्थगित भएको छ । सभामुख घिमिरेले बैठक भदौ २५ गते दिनको एक बजेसम्मका लागि स्थगित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार