सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो ?

२०८२ भाद्र २४, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ३१ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ११ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार १ सय रूपैयाँले बढेर २ लाख १४ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ४ सय ७५ रूपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले बढेर २ हजार ५ सय १५ रूपैयाँ मूल्य कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार