काठमाडौँ : राष्ट्रिय अनुसन्धान विभागका प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा भोलिदेखि अवकाशमा जाँदै छन् ।
गुप्तचर प्रमुखको ३ वर्षे पदावधि पुरा गरेर उनी भदौ २८ बाट अनिवार्य अवकाशमा जान लागेका हुन् । थापा २०७९ भदौ २८ मा गुप्तचर प्रमुखमा नियुक्त भएका थिए ।
२०५३ मा अनुसन्धान अधिकृत बाट सेवा प्रवेश गरेका थापाकै ब्याचमेटहरु नयाँ गुप्तचर प्रमुख हुने लाइनमा छन् ।





