रवि बाहिरिएपछि नख्खुबाट १२ सय बढी कैदीबन्दी भागे : इन्सेक

२०८२ भाद्र २७, शुक्रबार

काठमाडौँ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कारागार कार्यालयहरूको अद्यावधिक विवरण सार्वजनिक गरेको छ ।

विवरण सार्वजनिक गर्दै इन्सेकले नख्खु कारागारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति बाहिरिएपछि त्यहाँबाट १ हजार २५६ कैदीबन्दी फरार भएको जनाएको छ ।

देशभर ३५ वटा कारागार र बाल सुधार गृहबाट १३ हजार ११४ जना कैदीबन्दी फरार भएको इन्सेकले जनाएको छ । देशभरका कारागारमा १६ हजार ७९७ जना कैदीबन्दी थुनामा थिए । तर, अहिले ११ हजार ८६८ जना कैदीबन्दी सम्पर्क बाहिर छन् । नख्खु कारागारको घटनापछि कैदीबन्दीहरु र सुरक्षा निकायबिच झडप हुँदा ९ जवा कैदी मारिएको इन्सेकले जनाएको छ ।

फरार भएका १ हजार २९८ जनालाई सुरक्षा निकायले नियन्त्रणमा लिएको छ । इन्सेकका अनुसार कारागार र सुधार गृहमा अहिले अहिले ४ हजार ८९५ कैदीबन्दी र बालबिज्याईकर्ता मात्र बाँकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार