काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन् ।
उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुनेछ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको हो ।
आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठन हुने। संसद विघटन गरी आजै शपथग्रहणको कार्यक्रम हुनेछ भने आजै शीतल निवासमा पहिलो बैठक पनि बस्नेछ ।





