पहिरोले एक परिवार विस्थापित

२०८२ भाद्र २९, आईतवार

गलकोट : बागलुङ नगरपालिका–८ सिगानामा पहिरो खस्दा एउटा गोठ पुरिएको भने एक परिवार विस्थापित भएका छन् ।

सिगाना पाखाबारीस्थित रामबहादुर खड्काको घरमाथिबाट आएको पहिरोले गोठ पुरेको छभने घरमा आंशिक क्षति पुर्याएको छ । अहिले घरबाट सामग्री स्थानान्तरण गरिएको छ ।

परिवारलाई सुरक्षित ठाउँमा सारिएको बागलुङ –८ सिगानाका वडाध्यक्ष छमबहादुर कार्कीले जानकारी दिए । वडाध्यक्ष कार्कीका अनुसार घरमाथिबाट हालै सडक विस्तार गरिएकाले चट्टानसहितको ठूलो पहिरो खसेको थियो । पहिरोले सिगानाको विद्युत् वितरणको मुख्य ट्रान्सफर्मरमा समेत क्षति पुर्याएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार