जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

२०८२ भाद्र २९, आईतवार

काठमाडौँ : यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ।

प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको जानकारी गराइएको हो।

सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरेको गरेको छ।

त्यस्तै मृतकको परिवारलाई १० लाख दिने निर्णय अन्तरिम सरकारले गरेको हो। आन्दोलनका सबै घाइतेको सरकारले उपचार गर्ने निर्णय समेत भएको छ।

मृतक मध्ये अहिलेसम्म ४१ जनाकाे मात्रै सनाखत भएकाे प्रहरीले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार