पूर्व कृषिमन्त्रीलाई भ्रष्टाचारको आरोपमा मृत्युदण्ड

२०८२ आश्विन १३, सोमबार

काठमाडौं : चीनका पूर्व कृषिमन्त्री ताङ रेनजियानलाई आइतबार भ्रष्टाचार मामिलामा मृत्युदण्डको सजाय सुनाइएको छ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, ताङले सन् २००७ देखि २०२४ सम्म विभिन्न पदमा रहँदा ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढी नगद र सम्पत्ति घुसस्वरूप लिएका थिए। यद्यपि, उनलाई दुई वर्षको समयावधि दिइएको छ। अदालतले आफ्नो फैसलामा ताङलाई उनका राजनीतिक अधिकारहरूबाट वञ्चित गरेको छ।

अदालतले ताङको सम्पूर्ण सम्पत्ति जफत गरिने  र घुसमार्फत संकलन गरिएको सम्पत्ति राष्ट्रकोषमा जम्मा गरिने उल्लेख गरेको छ । अदालतका अनुसार, यस घुसप्रकरणले देश र जनताको हितमा ठूलो क्षति पुर्‍याएकोले ताङलाई मृत्युदण्ड दिइएको हो। सिन्ह्वाका अनुसार, ताङले आफ्ना अपराध स्वीकार गरेका छन् र पश्चाताप पनि गरेका छन्।

यो सजायलाई राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरुद्धको अभियानको हिस्सा भनिएको छ ।  यसअन्तर्गत धेरै ठूला नेताहरूलाई सजाय भइसकेको छ। समर्थकहरूको भनाइमा यो अभियानले स्वच्छ शासनलाई प्रोत्साहन दिन्छ । उता, आलोचकहरू यसलाई सीले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने हतियारका रूपमा प्रयोग गरिरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार