दशैंलगत्तै सरकारले भ्रष्टाचारको छानबिन गर्ने

२०८२ आश्विन १६, बिहीबार

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले फास्ट ट्र्याकमा भ्रष्टाचारको छानबिन गर्न र दोषीलाई कारबाही गर्न तयारी गरेको छ।

जेन-जी आन्दोलनको दबाबमा बनेको नयाँ सरकारले भ्रष्टाचारका सबै घटनाहरूको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएको छ । यस आन्दोलनले भ्रष्टाचारविरुद्धको मुद्दालाई प्रमुख बनाएको थियो। सरकार गठनपछि प्रधानमन्त्री कार्कीले सबै भ्रष्टाचार काण्डको छानबिन गर्ने कुरा बताएका हुन् ।

जेन-जी आन्दोलनले भ्रष्टाचारको छानबिन र कारबाहीको मुख्य नारा राखेर सत्ता परिवर्तन गरेको हो । यसै आन्दोलनको प्रभावले अहिले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार गठन भएको हो ।

अहिले जेन-जीका अभियन्ताहरूले सबै भ्रष्टाचार काण्डको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेका छन्। जेन-जीका प्रतिनिधिहरूले भने, ‘यो सही समय हो, उच्चस्तरीय आयोग गठन गरेर छानबिन प्रक्रिया सुरु गर्न ढिलाइ गर्नु हुँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार