राष्ट्रपति पौडेलद्वारा विपद्को खतराबाट सजग रहन अपिल

२०८२ आश्विन १९, आईतवार

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले देशका विभिन्न भागमा जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबैलाई सजग रहन आग्रह गरेका छन्।

उनले विपद्को यो घडीमा धैर्यतापूर्वक चुनौतीको सामना गर्न आम नागरिकलाई र उद्धार तथा राहत कार्यमा तीव्र गतिमा खटिन राज्यका सबै निकायलाई अपिल गरेका हुन्।

शनिबार एक अपिल जारी गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, ‘देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको खतराबाट सजग रहँदै यो विपद्मा धैर्यतापूर्वक चुनौतीको सामना गर्न म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्दछु।’

यसैगरी, उनले यो विपत्तिको घडीमा शीघ्र उद्धार र राहतका लागि खटिन राज्यका सबै निकायलाई पनि अपिल गरेका छन्। राष्ट्रपतिले विपद्‌मा परेका नागरिकहरूको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण समेत गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार