हिमालयन एभरेष्टले गर्यो झण्डै २२ करोड भुक्तानी

२०८२ आश्विन २०, सोमबार

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको यथाशिघ्र दावी भुक्तानी गर्ने प्रक्रिया आरम्भ गरेको छ ।

हालसम्म हिमालयन एभरेष्टमार्फत बिमा भई क्षतिपूर्ति दावी गरिएका २८७ वटा दाबीमध्ये हालसम्म २४५ वटा दावी बापत २१ करोड ७४ लाख ४५ हजार ८३१ भुक्तानी गरेको जनाएको छ । उक्त दावी भुक्तानी रकम जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको अग्रिम तथा अन्तिम दावी भुक्तानी बापत रहेको कम्पनीले जनाएको छ ।

नियामकीय प्रावधानभित्र रही सरल र सहज दावी भुक्तानीका लागि कम्पनी प्रतिवद्ध रहेको दावी विभाग प्रमुख रोजराज लुइँटेलले बताए । साथै, उच्च प्राथमिकताका साथ भइरहेको दावी भुक्तानी २१ गते मंगलबारबाट पुनः यथावत हुने कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार