जसपा नेपालले विचार र सिद्धान्त मिल्ने दलसँग पार्टी एकता गर्ने

२०८२ आश्विन २१, मंगलवार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले विचार र सिद्धान्त मिल्ने दलहरुसँग एकता गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समान विचार, सिद्धान्त र मुद्दा मिल्ने राजनीतिक दलहरुसँग पार्टी एकता गर्ने निर्णय गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । बस्नेतका अनुसार विचार, सिद्धान्त नमिल्ने तर राजनीतिक मुद्दाहरु मिल्ने राजनीतिक दलहरुसँग संयुक्त मोर्चा, कार्यगत एकता वा सहकार्य गरिने छ ।

त्यसैगरी बैठकले संघीय लोकतान्त्रिक मोर्चालाई अझ बढी क्रियाशील, प्रभावकारी र सवल बनाउने, संघीयता, समानता, लोकतन्त्र, गणतन्त्र, धर्मनीरपेक्षता, समावेशिता र सामाजिक न्यायका बिरुद्ध रहेका प्रतिगमनकारी शक्तिलाई परास्त गर्न समय र परिस्थिति अनुसार अन्य दल वा मोर्चासँग पनि सहकार्य गर्ने निर्णय गरेको बताइएको छ ।

जेनजी आन्दोलनपश्चात दलहरु एकता, मोर्चा र सहकार्यका प्रयत्न गरिरहेका छन् । असोजको दोस्रो साता जसपा नेपाललगायतका पाँच राजनीतिक दलका युवा नेताहरुले समाजवादी विचार बोकेका राजनीतिक दलहरुले एकता गर्नुपर्ने भन्दै पार्टी नेतृत्वलाई संयुक्त अपिल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार