राष्ट्रपतिले पौडेलले प्रधानमन्त्री र राजनीतिक दललाई बोलाए शीतलनिवास

२०८२ आश्विन २४, शुक्रबार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलसँग छलफल गर्ने भएका छन् ।

आज अपराह्न ४ बजे शीतलनिवासमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की र राजनीतिक दलहरुलाई छलफलमा बोलाएको बताइएको छ ।

राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका हुन् । यसअघि हिजो प्रधानमन्त्री कार्की र सरकारका केही मन्त्रीहरुले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका थिए ।

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार