गाजापट्टी : इजरायल र हमासबिचको युद्धविराम सम्झौतापछि इजरायली मन्त्रिपरिषद्ले यो सम्झौतालाई अनुमोदन गरेको छ । युद्धविरामलाई लिएर गाजा र इजरायल दुबै तर्फ उत्साह देखिएको छ । सम्झौतामा इजरायली बन्धकहरू र प्यालेस्टिनी कैदीहरूको आदानप्रदान पनि समावेश छ ।
अमेरिकाको २० बुँगे शान्ति योजनाको पहिलो चरणअन्तर्गत युद्धविराम छिटै लागू हुने र सोमबारदेखि हमासले इजरायली बन्दीहरूलाई रिहा गर्न शुरु गर्ने अपेक्षा गरिएको छ । गाजाका मानिसहरू यसको उत्सव मनाइरहेका छन् ।
सबै बन्धकहरूलाई अर्काे हप्ता सोमबार वा मंगलबारसम्ममा रिहा गरिने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीबार भनेका थिए । प्यालेस्टिनी प्राधिकरणले युद्धविरामपछि गाजा प्रशासन चलाउने तयारी गरिरहेको भन्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको थियो ।





