ओलीको सुरक्षाको जिम्मा एमालेकाे भूपू सैनिक, प्रहरी र युवा संघलाई

२०८२ आश्विन २५, शनिबार

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षाको जिम्मा राष्ट्रिय युवा संघ नेपाल, भूपू सैनिक र प्रहरी संगठनले लिने भएका छन् ।

एमाले नेता राजीव पहारीले अब जनताको नेताको सुरक्षाको जिम्मा जनताले नै लिने बताए । सरकारले मापदण्डविपरीत भन्दै पूर्व प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६१ सुरक्षाकर्मी फिर्ता बोलाएको थियो । सरकारले सुरक्षाकर्मी घटाएपछि एमालेका भातृ संगठन र सुभेच्छुक संस्थाहरुले अध्यक्ष ओलीको सुरक्षाको जिम्मा लिने भएका हुन् ।

‘पूर्व प्रधानमन्त्री मुलुकको महत्वपूर्ण व्यक्तित्व पनि हो । विश्वको इतिहास हेर्दा पनि त्यस्तो महत्वपूर्ण विशिष्ट व्यक्तित्वहरुलाई सुरक्षा दिने कुरा राज्यको जिम्मेवारी हुन्छ । तर, यहाँ त्यसबाट सरकार विमुख भएको छ । त्यसबाट हामीलाई कोही वात किन छैन भने हामीलाई केपी ओली भनेको जनताको नेता हो ।

केपी ओलीको सुरक्षा जनताले दिन तयार छन् । राष्ट्रिय युवा संघ नेपाल, भुपु प्रहरी, सैनिक संघ नेपालले उहाँको सुरक्षा दिने कुरा पनि म तपाईँहरुलाई जानकारी दिन चाहन्छु । जनताको नेताहरुको सुरक्षा जनताहरुले नै गर्नेछन्,’–  राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पहारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार