बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

२०८२ आश्विन ३०, बिहीबार

काठमाडौं : चितवनको रामनगरमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-१ रामनगरस्थित सडकमा बा.प्र.०१-००१ प १६८४ नम्बरको बसले ग.२० प ८५५९ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिएको थियो । सो क्रममा स्कुटर चालक गोरखा घर भएका ४० वर्षीय दामोदर घिमिरेको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार