कस्तो रहनेछ आजको मौसम ?

२०८२ कार्तिक ३, सोमबार

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले तिहार अवधिका लागि विशेष मौसम बुलेटिन जारी गरेको छ ।

महाशाखाका अनुसार यस वर्ष तिहारको समयमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य असर रहनेछ । सो प्रभावका कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र एक–दुई स्थानमा फाटफुट वर्षा हुन सक्ने जनाइएको छ । साथै, उच्च हिमाली भूभागका केही भागमा हल्का वर्षा वा हिमपातको समेत सम्भावना छ ।

कार्तिक ३ गते लक्ष्मीपूजाको दिन देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ । तर कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भने आंशिक बदलीसँगै एक–दुई स्थानमा फाटफुट वर्षा हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार