पुरुष भलिबल : नेपाल तुर्कमेनिस्तानसँग पराजित

२०८२ कार्तिक ५, बुधबार

काठमाडौं : बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ ।

ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको हो ।

तुर्कमेनिस्तानले नेपाललाई पहिलो सेट २५-२२ ले पराजित गरेको छ भने  खेलको दोस्रो सेटमा २५-१८ र तेस्रो सेटमा २७-२५ ले पराजित भएको हो । अब  नेपालले आफ्नो दोस्रो खेलमा भोलि घरेलु टोली बङ्गलादेशसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार