मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

२०८२ कार्तिक ६, बिहीबार

काठमाडौं : चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित गोन्द्रेङमा टाँडीबाट भरतपुरतर्फ आइरहेको ग १० प ६१२२ नम्बरको मोटरसाइकल आज बिहान सवा चार बजेको समयमा अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार गैंडाकोट नगरपालिका-१ का ४४ वर्षीय टंकप्रसाद थापा रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते भएका थापाको उपचारको क्रममा नयाँ मेडिकल कलेजमा ४:४४ बजेको समयमा मृत्यु भएको हो।

यस्तै मोटरसाइकल चालक सोही ठाउँ बस्दै आएका २६ वर्षीय केशव घर्तीमगर घाइते भएका छन्। उनको उपचार अहिले नयाँ मेडिकल कलेज भरतपुरमा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार