बालेन पानीमाथिको ओभानो बन्न खोज्नु हास्यास्पद : शंकर पोखरेल

२०८२ कार्तिक ६, बिहीबार

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले बालेन शाह राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो बन्न खोज्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले  भदौ २३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयास गलत भएको बताउदै विध्वंस र लुटपाटमा संलग्नलाई प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीलाई प्रयोग गरेर रोक्न लगाउने बालेनले राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो बन्न खोज्नु हास्यास्पद भएको टिप्पणी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार