काठमाडौँ : प्युठानको मल्लरानी गाउँपालिका–४ टोप्रेस्थित सडकमा ग.१ ज ७८१४ नम्बरको पिकअप जिप अनियन्त्रित भई दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।
आइतबार दिउँसो भएको सो दुर्घटनामा जिपमा सवार सोही गाउँपालिका–२ बस्ने राधिका सुनारकी छोरी १७ महिनाकी प्रतिमा सुनारको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका जिपका चालक समेत अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।





