एनपीएल : काठमाडौँ गोर्खाजसँग जनकपुर बोल्ट्स पाँच विकेटले पराजित

२०८२ मंसिर १, सोमबार

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले जित हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले पाँच विकेटको क्षतिमा १८ ओभरमा पूरा गरेको हो। काठमाडौँका लागि बेन चार्ल्सवर्थले ४६, आकाष त्रिपाठीले ३९, मिलिन्द कुमारले १९, जोन सिम्पसनले १३,र मोहम्मद आदिल आलमले आठ र भीम सार्कीले तीन रन बनाए।

जनकपुरका लागि अनिल साह, ललित राजवंशी, सञ्जय कृष्णमूर्ती, किशोर महतो र जान निकोल लफ्टी-इटोनले एक-एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको जनकपुरले ६ विकेटको क्षतिमा १३० रन बनाएको थियो। जनकपुरका लागि आसिफ शेखले अर्धशतक बनाए। उनले ४१ बलमा ६ चौका र एक छक्का प्रहार गरे

जनकपुरका लागि मयन यादवले ३४, लाहिरु समरकूनले २२, लाहिरु मिलन्थाले सात, रुपेश सिंहले चार, जान निकोल लफ्टी-इटोन र सञ्जय कृषिमूर्तीले दुई-दुई विकेट लिए।

काठमाडौँका लागि मिलिन्द कुमारले तीन, करण केसी, शहाब आलम र सन्तोष यादवले एक-एक विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार