मुस्कान खातुन नेकपा प्रवेश, केन्द्रीय सदस्य बनाइने

२०८२ मंसिर ११, बिहीबार

काठमाडौं  :महिला हिंसाविरुद्धको अभियन्ता मुुस्कान खातुन नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेकी छन् ।

बिहीबार राष्ट्रिय सभा गृहमा विभिन्न पार्टीहरुसँग नेकपाको एकताका लागि आयोजित कार्यक्रममा खातुन नेकपा प्रवेश गरेकी हुन् । उनलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपाल लगायत शीर्ष नेताहरुले स्वागत गरे । उनलाई केन्द्रीय सदस्य बनाइने सहसंयोजक नेपालले जानकारी दिए ।

राजनीतिमा पाइला चालेकी मुस्कानमाथि २०७६ भदौ २० गते बिहान वीरगञ्जको गणेशमान चोकमा एसिड प्रहार भएको थियो । एसिड प्रहारपछिको समयमा उनी सामाजिक काममा सक्रिय छन् । साथै महिलामाथि हुने हिंसाको विरुद्धमा आवाज उठाउँदै आइरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार