जिप दुर्घटना हुँदा ६ जना घाइते

२०८२ मंसिर २०, शनिबार

काठमाडौं : सल्यानमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

रोल्पादेखि दाङको तुलसीपुर जाँदै गरेको रा.१ज ८४३ नम्बरको सफारी जिप सल्यान कपुरकोट गाउँपालिका– ३, नयाँरोडनजिकै शुक्रबार दिउँसो दुर्घटना भएको हो। दुर्घटनामा परी रोल्पा गंगादेव गाउँपालिका– ४ का अन्दाजी ४५ वर्षीय हरिबहादुर थापा, ४२ वर्षीया टीका थापा, ३० वर्षीया विमला थापा, विमलाका नाै वर्षीय छोरा पवन थापा र आठ वर्षीय रावल थापा घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइतेहरू सबैको कपुरकोट आधारभूत स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार