पत्रकार गोर्खालीको निधन

२०८२ मंसिर २१, आईतवार

चितवन : पत्रकार अजय गोर्खालीको निधन भएको छ । उनको शनिबार उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सदस्य गोर्खाली स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए । जनआस्था साप्ताहिकमा कार्यरत ३८ वर्षीय गोर्खालीको आज देवघाटमा अन्तिम संस्कार गरिने उनका बुबा गोपाल परियारले जानकारी दिए । गोर्खालीको निधनसँगै जनअर्पण साप्ताहिकका सम्पादक परियारलाई पुत्रशोक परेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार