वैदेशिक रोजगार विभागबाट १३ विचौलिया पक्राउ

२०८२ मंसिर २४, बुधबार

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगार विभाग, ताहाचलबाट १३ जना विचौलियालाई पक्राउ गरेको छ ।

अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यका अनुसार, वैदेशिक रोजगारमा ठगिएका पीडितहरू न्यायका लागि विभाग पुगेका बेला विचौलियाहरूले घेराबन्दी गरी बार्गेनिङ गर्ने गरेका थिए । सेवाग्राहीलाई दु:ख-हैरानी दिइ बिचौलिया प्रयोग गर्न बाध्य बनाउने, साथै “पक्राउ पुर्जी जारी गरिदिने” र “वैदेशिक रोजगार मुद्दा समाधान गरिदिने” जस्ता झुट्ठा प्रलोभन देखाउँदै मोलमोलाइ गर्ने प्रवृत्ति पनि प्रहरीले फेला पारेको छ ।

पक्राउ परेकाले वैदेशिक रोजगारको सिलसिलामा ठगिएका पीडितलाई झुक्याउने काम गर्दै आएको आरोप छ । प्रहरीले सोही समूहका अन्य संलग्नलाई पनि निगरानीमा राखेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार