आईएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

२०८२ मंसिर २६, शुक्रबार

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश घोषणा गरको छ ।

कम्पनीकाे बिहीबार साँझ बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १०.५२६३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार